\
हेटौंडा उपमहानगरपालिका क्षेत्रमा सञ्चालन गर्न अनुमति प्राप्त तीनपाङ्ग्रे सवारी साधनहरू (अटो/मयूरी) मा अहिले ट्राफिक प्रहरीले धमाधम स्टिकर टाँस्ने कार्यलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले १९ साउन बिहीबारदेखि सुरु गरेको स्टिकर टाँस्ने अभियानअन्तर्गत मंगलबारसम्म १ हजार १० वटा तीनपाङ्ग्रे सवारीसाधनमा स्टिकर टाँसेको हो ।
हेटौंडा उपमहानगरपालिकाको अग्रसरता र अटोरमयूरी व्यवसायी संघको सहमतिमा स्टिकर टाँस्ने कार्य सुरु भएको हो । स्टिकर टाँस्ने सहमति भएसँगै स्टिकर टाँसेको सवारी साधनमात्र हेटौंडा उपमहानगरपालिका क्षेत्रमा चल्न पाउने बताइएको छ । अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले विलबुक, जाँचपास, परमिट २०७६ गतेभन्दा अगाडि भएको तीनपाङ्ग्रे सवारीमा स्टीकर टाँस्ने कार्य गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुनेन्द्र थापाले बताए ।
तस्बिरमा हेरौं स्टिकर टाँस्नेको भिड :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।