डा. गोविन्द केसीको समर्थनमा विवेकशीलको प्रदर्शनः फोटो फिचर

काठमाडौं– चिकित्सा शिक्षा विधेयकमा असहमति राख्दै १६औँ अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा नेपाली विवेकशील दलले प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा सो दलले प्रदर्शन गरेको हो ।

सरकारका तर्फबाट शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले संसद्मा प्रस्तुत गरेको सो विधेयक प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बाबजुद शुक्रबार सत्तारुढ दलका सांसदको समर्थनमा शुक्रबार पारित भएको थियो ।

सो विधेयकको विरोधमा विवेकशील पार्टीले आयोजना गरेको प्रदर्शनमा सो पार्टीका संयोजक उज्ज्वल थापालगायत नेताहरूको सहभागिता छ । प्रदर्शनकारीले ‘सधैँ–सधैँ झुक्याउने, कहिलेसम्म हो लाज पचाउने ?’, ‘हिजोको सम्झौता कता गयो ? सरकारको नैतिकता कता गयो’लगायत नारासहितका प्लेकार्ड बोकेका थिए । 


  





  • प्रकाशित मिति : माघ १२, २०७५ शनिबार १३:४५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया