नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु

यसै साता नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका मनोज प्रभाकरले नेपाली टोलीको अभ्यास सुचारु गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रभाकरले अभ्यासको थालनी गरेका छन् । 

उनको प्रशिक्षणमा नेपाली टोली केन्या भ्रमण गर्दै छ । पुबुदु दाशानायकेले ७ महिनाको प्रशिक्षण यात्रालाई अन्त्य गरेसँगै नियुक्त भएका प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङलाई सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । पहिलो दिनको सामान्य अवलोकनपछि प्रभाकरले नेपाली टोलीमा टेक्निकको समस्या रहेको बताए । 

केन्या भ्रमण गर्न लागेको टोलीमा नेपाल क्रिकेट संघ क्यानले पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुन लागेको ५ ट्वान्टी–२० र तीन एक दिवसीय सिरिजका लागि क्यानले लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । 

जसमा ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने यु–१९ टोलीका विकेटकिपर अर्जुन साउद पनि टोलीमा अटाएका छन् । मल्लले पछिल्लोपटक विश्व क्रिकेट लिग–२ अन्तर्गत मार्चमा युएईसँगको खेलमा समावेश थिए ।

राष्ट्रिय टोलीमा पछिल्लो पटक स्कटल्याण्ड भ्रमण गरेका विनोद भण्डारी, कुशल भुर्तेल र सुनिल धमला टोलीबाट बाहिरिएका छन् भने अर्जुन साउद पहिलोपटक राष्ट्रिय टोलीमा अटाएका हुन् । यस्तै, वैकल्पिक खेलाडीमा क्यानले चार खेलाडी समावेश गरेको छ । वैकल्पिकमा तीव्र गतिका बलर जितेन्द्र मुखियासहित भीम सार्की, प्रतीश जिसी र हरिशंकर शाह रहेका छन् ।

घोषणा भएको टोलीले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुने सिरिज खेल्नेछ । नेपालले भ्रमण गर्ने सिरिजमा ५ ट्वान्टी–२० र तीन एक दिवसीय खेल हुनेछन् । दुवै सिरिज केन्याको घरेलु मैदानमा हुनेछ । घरेलु टोली केन्यासँगको सिरिजको लागि तालिकासमेत सार्वजनिक गरेको छ । 



तालिका अनुसार नेपालले ट्वान्टी–२० सिरिज खेल्नेछ । पहिलो ट्वान्टी–२० अगस्ट २५ मा हुनेछ भने दोस्रो अगस्ट २६, तेस्रो अगस्ट २८, चौथो अगस्ट २९ र अन्तिम अगस्ट ३० मा हुनेछ । 

यस्तै, पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो एकदिवसीय सेप्टम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुने तालिका रहेको छ । नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा नेपाली टोली केन्या भ्रमणमा जानेछ ।
 



  • प्रकाशित मिति : साउन ३१, २०७९ मंगलबार १९:१२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया