काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपति आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भिडियो पोस्ट गर्दै आक्रोशपूर्ण क्याप्सन लेखेका छन् ।
उनले ककनी जाने बाटोको भिडियो पोस्ट गरेका छन् । भिडियो हिलाम्मे सडक देखिन्छ । कतै ठूला खाल्डामा पानी भरिएको पनि देखिन्छ ।
बालाजुदेखि ककनीसम्मको सडक निर्माणका लागि आर्थिक वर्ष २०७०/७१ मा ठेक्का भएको थियो । सडक निर्माणका लागि एआईपीएल र सैलुङ कम्पनीलाई ठेक्का दिइएको थियो ।
सैलुङ कम्पनीका मालिक सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का घरबेटी शारदाप्रसाद अधिकारी हुन् । निर्माण सुरु भएको ८ वर्ष बित्दासमेत सो सडक सम्पन्न भएको छैन ।
उनले प्रचण्डका घरबेटीलाई केन्द्रमा राखेर प्रचण्डप्रति आक्रोश व्यक्त गरेका छन् । उनले प्रचण्डलाई आफ्नो घरबेटीको अंगरक्षकजस्तो बनेर बसेको समेत उल्लेख गरेका छन् । उनले यस्ता व्यक्तिले कसरी देश बनाउन सक्छ भनेर शंका व्यक्त गरेका छन्
'श्रीमान् प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।'
[भिडियो]
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।