logo-img

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने
फाइल तस्बिर

रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा  सहभागी नहुने भएको छ । पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार मंसिरमा हुन लागेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने अध्यक्ष लामिछानेले एक भिडियो सन्देशमार्फत जनाएका छन् ।

लामिछानेले अहिलेको संरचना सुधार गर्न आवश्यक रहेको समेत उल्लेख गरेका छन् । आफूहरु त्यस व्यवस्था विरुद्ध नभइ प्रदेशसभाको निर्वाचनमा मात्रै सहभागी नहुने समेत उनले बताएका छन् ।

‘यस  पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने  भएको छ। यो निर्वाचनमा हाम्रो उम्मेदवारी,मात्र  संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ । यहि संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन,’ उनले भनेका छन्,  ‘प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं ।’ 

देशका सातै प्रदेशमा पुगेर भेला सम्पन्न गर्दा हजारौं नागरिकले दिएका अधिकांश सल्लाहमा प्रदेश संरचनाको असन्तुष्टि व्यापकरूपमा देखेको लामिछानेले भिडियो मार्फत भनेका छन्  ।  



 





  • प्रकाशित मिति : भदौ १, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया