बैतडीमा बँदेलका लागि थापेको पासोमा परेको चितुवा मरेको छ। दशरथचन्द नगरपालिका–४ बिनासौंमा जंगली बँदेलका लागि थापेको पासोमा फसेको चितुवा मरेको हो ।
किसानहरुले जंगली बँदेलबाट मकैबाली जोगाउनका लागि पासो थापेका थिए। तर, त्यो पासोमा चितुवा फसेको थियो। फसेको चितुवाको उद्धारका लागि बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली गएको बताइएको छ । तर, उक्त टोली नपुग्दै चितुवा मरेको स्थानीयले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।