२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

मकवानपुरमा ८ हजार भन्दा बढी मतदाता थपिए

मकवानपुरमा ८ हजार ६४३ जना मतदाता थपिएका छन् । बागमती प्रदेश निर्वाचन अधिकृतको कार्यालय अनुसार असार १ गते देखि साउन १९ गते सम्म जिल्लामा ८ हजार ६४३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । 


जिल्लामा ४ हजार ५१७ जना पुरुष र ४ हजार १२६ जना महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएकोमा बाहिरी जिल्लाका २ सय ७२ रहेको कार्यालयले जनाएको छ ।



कार्यालय अनुसार बाहिरी जिल्लाका दर्ता भएका २ सय ७२ जनाको नामावली सम्बन्धित जिल्लामा पठाइने बताइएको छ । यसअघि,वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा मकवानपुरमा १८ वर्ष उमेर नाघेका २ लाख ९४ हजार ९ सय १९ जना मतदाता रहेका थिए ।  





  • प्रकाशित मिति : १ भदौ, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया