दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा से१ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।
जीप गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको थियो । उक्त दुर्घटनामा परि ४ पुरुष र १ जना महिलाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको टोली भरखरै दुर्घटनास्थल पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।