खोला/नदी ओगट्ने तर विद्युत उत्पादन नगर्ने कम्पनीलाई निषेध गर्ने सरकारको नीति

 
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारीसाधन मात्र खरिद गर्नुपर्ने बताएकी छिन् । बुधबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३७औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । 

विद्युत प्राधिकरण र ऊर्जा मन्त्रालयले विद्युतीय गाडी मात्र खरिद गर्नुपर्ने बताउँदै मन्त्री भुसालले प्राधिकरणले विद्युतीय चुल्होको प्रयोग बढाउँदै लाने योजनालाई प्रभावकारी ढंगबाट अघि बढाउनुपर्ने बताइन् । विद्युत खपत बढाउन विद्युतीय सवारी साधन खरिद गर्ने साथै चार्जिङ स्टेसन बनाउँदै विद्युतीय पूर्वाधारहरुको बिस्तारलाई तीव्र रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताइन् । 

मन्त्री भुसालले धेरै विद्युत उत्पादन गर्न नसकिने मिटर जोड्न महिनौँ लगाउने प्राधिकरणका कर्मचारीलाई कारबाही गर्न निर्देशन दिइन् । मन्त्रालयका मन्त्री र कर्मचारी विद्युत खपत बढाउन अनुरोध गर्दै उनले मिटर जोड्ने कामलाई महिनौँ लगाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताइन् । 

मन्त्री भुसालले निजी क्षेत्रले भोगेका समस्यामा सरकार गम्भीर रहेको बताउँदै सरकार विद्युत उत्पादनको क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढेको बताइन् । प्राधिकरणले विद्युत सम्झौता गरेका ३ हजार २ सय मेगावट जलविद्युत निर्माणाधीन अवस्थामा रहेको भन्दै सरकारसँग सम्झौता गरेर विद्युत उत्पादन नगरी खोला नदी ओगट्ने कम्पनी निषेध गर्ने नीति लिएको बताइन् । 

मन्त्री भुसालले प्राधिकरणका कर्मचारीको लागि ५२ महिनाको जीवन बिमाको व्यवस्था गर्ने र ज्यालामा काम गर्ने कर्मचारीलाई मासिक ज्यालादारी कर्मचारी बनाउने बताइन् । 





  • प्रकाशित मिति : भदौ १, २०७९ बुधबार १८:२२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया