दार्चुला जिप दुर्घटना : घाइतेहरुको पहिचान खुल्यो, मृतकको अझै खुलेन

दार्चुलामा जिप दुर्घटनामा परेर घाइते भएकाहरुको पहिचान खुलेको छ । मृतकको पहिचान भने अझै खुल्न सकेको छैन ।

प्रहरीका अनुसार घाइते हुनेमा मालिकार्जुन ३ की ५० वर्षीया गोमतीदेवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन ६ की ४० वर्षीया रेवती धामी र महाकाली नगरपालिका ३ का ३५ वर्षीय रमेश लुहार रहेका छन् ।  

उनीहरुको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । बुधबार गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से१ज ५५१ नम्बरको जिप आज दिउसो शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटना भएको थियो । 

दुर्घटनामा परेर ५ जनाको ज्यान गएको छ । जिप अनियन्त्रित भएपछि दुर्घटना भएको जनाइएको छ । जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो ।





  • प्रकाशित मिति : भदौ १, २०७९ बुधबार १८:३०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया