लमजुङको घनपोखरामा जिप दुर्घटना, १० जना गम्भीर घाइते
फरकधार / १ भदौ, २०७९

लमजुङको मस्याङ्दी गाउँपालिका–२ घनपोखरामा बुधबार दिउँसो जिप दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् ।



बेसीसहरबाट घनपोखरा जाँदै गरेको ग१ज ७४१७ नम्बरको जिप घनपोखराको भाचेस्थित सडकबाट बीस मिटर तल खसेको थियो । 

दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइतेमध्ये १० जना गम्भीर छन् । घाइतेको प्रहरी र स्थानीय मिलेर उद्धार गरेको स्थानीय राम गुरूङले बताए । 



घाइतेलाई ४ वटा जिपमा उद्धार गरी लमजुङ जिल्ला अस्पताल ल्याउँदै गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । घाइते सबै स्थानीय रहे पनि नामथर खुल्न सकेको छैन ।



  • प्रकाशित मिति : भदौ १, २०७९ बुधबार १९:१:४८,   अन्तिम अपडेट : भदौ १, २०७९ बुधबार १९:५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया