डोटीमा दिउँसै महिला लुटिइन्

डोटीमा एक महिला लुटिएकी छन् । बुधबार जिल्लाको सायल गाउँपालिका वडा नम्बर ६ कालागाउँ घर भएकी  २७ वर्षीया पार्वती कटुवाल लुटिएकी हुन् । 

आदर्श गाउँपालिका वडा नम्बर ६ माइती घर जाने क्रममा अपरिचित व्यक्तिले उनका गरगहना लुटेर भागेका छन् ।

बिहान करिब साढे ११ बजेको समयमा बीच बाटो आदर्श ३ अलचौड जंगलमा उनी लुटिएको इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए । 

प्रहरी निरीक्षक जोशीका अनुसार लुटेराले ज्यान मार्ने धम्की दिँदै उनले लगाएको साढे तीन तोलाबराबरका सुनका गरगहना लुटेका हुन् । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 





  • प्रकाशित मिति : भदौ १, २०७९ बुधबार १९:९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया