दार्चुला दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

दार्चुलामा जिप दुर्घटनामा परेर मृत्यु भएकाहरुको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन् । 

गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से१ज ५५१ नम्बरको जिप बुधबार दिउँसो शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटनामा परेको थियो ।  

यस्तै, दुर्घटनामा परेर मालिकार्जुन ३ की ५० वर्षीया गोमतीदेवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन ६ की ४० वर्षीया रेवती धामी र महाकाली नगरपालिका ३ का ३५ वर्षीय रमेश लुहार घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । अनियन्त्रित भएर भएको जिप सडकबाट करिब २५० मिटर तल खसेको थियो।





  • प्रकाशित मिति : भदौ १, २०७९ बुधबार १९:१५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया