\
जिल्लाको कालिमाटी गाउपालिका वडा नम्बर–७ घुइयाबारी बाट पाटे बाघ नियन्त्रण मा लिइएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको टोली, चेतन उपभोक्ता समिति तथा स्थानीयको सहयोगमा बुधबार बिहान करिब ९ बजे आसपासको समयमा पाटे बाघ नियन्त्रणमा लिइएको भेरीगंगा नगरपालिका–५ का वडा अध्यक्ष प्रेमबहादुर सारुले बताए ।
कालिमाटी गाउँपालिका–७ मा बुधबार बिहान गोठमा बाँधेका २ वटा गोरु मारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बाघले गोरु मारेको सूचना पाएपछि घटना स्थलमा पुगेका बर्दिया राष्ट्रिय निकुञ्जको टोली र प्रहरीले उक्त पाटेबाघ लाई नियन्त्रणमा लिएको जनाइएको छ ।
यसअघि, आइतबार भेरीगंगा ५ बबई गेरुवानीका ४८ बर्षिय रामबहादुर चन्द, ६७ वर्षीय कवि वलीको पनि बाघको आक्रमणबाट ज्यान गएको थियो । आइतबार घटना भएको ठाउँ भन्दा करिब २ किलोमिटर टाढाबाट बाघ नियन्त्रण लिइएको वडा अध्यक्ष सारुले जानकारी दिए ।
उनका अनुसार नियन्त्रणमा लिएको सो बाघ बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ । यसअघि आइतबार २ जनाको ज्यान लिएको बाघ यही हुन सक्ने अनुमान गरिएको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।