नेपाल–युएई एकदिवसीय क्रिकेट
रोहित पैडेलको अर्धशतकमा नेपालले दियो २ सय ४३ रनको लक्ष्य

काठमाडौं– एकदिवसीय अन्तर्राष्ट्रिय किक्रेटअन्तर्गत शनिबार जारी दास्रो खेलमा नेपालले युएईलाई २ सय ४३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४२ रन जोडेको थियो । जसमा, रोहित पौडेलको अर्धशतकीय योगदान रह्यो । 

सातौँ नम्बरमा बलिङ गर्न आएका पैडेलले ५८ बलको सामना गर्दै ७ चौकासहित ५५ रन जोडे । 

राम्रो सुरुवात गर्दा नेपालले उत्कृष्ट योगफल बनाएको थियो । नेपालले १५.३ ओभरमा पहिलो विकेट गुमाएको थियो । ४६ बलको सामना गरेका विनोद भण्डारीले २ चौकासहति २१ रन जोडे । त्यतिवेला नेपालको स्कोर बोर्डमा ६१ रन थियो । उनलाई अमिर हायातले आउट गरेका थिए । 

यस्तै, दोस्रो विकेटका रुपमा अर्का ओपनर ज्ञानेन्द्र मल्ल व्यक्तिगत ४४ रनमा आउट भए । ६१ बलको सामना गरेका मल्लले ४ चौका प्रहार गरेका थिए । उनलाई जाहिर खानले आउट गरे । दोस्रो विकेट गुमाउँदा नेपालको स्कोर बोर्डमा ७० रन थियो ।

तस्रो विकेटका रुपमा नेपालका दीपेन्द्रसिंह ऐरी आउट भए । उनले १२ बलमा २ चौकासहित १० रन जोडे । उनलाई अस्फर अहमदले एलबिडब्लु धरापमा पारेका थिए ।

त्यसलगत्तै, कप्तान पारस खड्का २१ रनमा आउट भए । पवन सर्राफ ८, करण केसी १८, सोमपाल कामीले २ रन जोड्दा सन्दीप लामिछाने १४ तथा ललित राजवंशी ३ रनमा नटआउट रहे ।



नेपालको ९ विकेट लिने क्रममा युएईका अमिर हायात तथा इमरान हाइदरले समान ३ विकेट लिए । यस्तै, मोहमद नाबेद, जाहिर खान तथा असरफ अहमदले १–१ विकेट लिए । 

अहिले युएईले ब्याटिङ गरिरहेको छ ।
 



  • प्रकाशित मिति : माघ १२, २०७५ शनिबार १६:४४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया