२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

म काठमाडौं नगएको भए फोहोर नउठ्ने रैछ : हर्क साम्पाङ, बालेनको जवाफ : मैले चुनाव पनि तपाईंकै लौरो चिह्न लिएर जितेको हो नि !

काठमाडौं महानगरका मेयर बालेन साह र धरान उपमहानगरका मेयर हर्क साम्पाङबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ । 

केही दिनअघि काठमाडौं आएर धरान फर्किएलगत्तै साम्पाङले सामाजिक सञ्जालमा आफू काठमाडौं गएका कारण काठमाडौंको फोहोर उठ्ने सुरु भएको भन्दै फेसबुकमा पोस्ट गरेका थिए । 



उनले लेखेका छन्, ‘जसले जे भनोस्, तर म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कमसेकम काम त सुरु गरे !

केही दिन काठमाडौं बसेर प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत विभिन् पार्टीका शीर्ष नेताहरुसँग भेटेर फर्केलगत्तै उनको यस्तो स्टाटस आएको हो । 



बालेनले पनि तत्कालै सो स्टाटसको जवाफ फर्काइहाले, त्यो पनि साम्पाङको स्टाटसकै कमेन्ट सेक्सनमा– हो नि ! तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हुँ नि !

विभिन्न टेलिभिजनलाई अन्तवार्ता दिने क्रममा मेयर साम्पाङले बालेनले जनताले आशा गरेअनुरुप काम गर्न नसकेको भन्दै राम्रोसँग काम गर्न सुझाब दिएका थिए । 

बालेन शाहले बुधबार मात्रै बञ्चरेडाँडाका स्थानीयसँग फोहोर फ्याँक्न तीनबुँदे सहमति गरेका छन् । अझै थप समस्या नआएमा अब केही दिनभित्रै काठमाडौंमा थुप्रिएको सबै फोहोर उठ्नेछ । 



  • प्रकाशित मिति : १ भदौ, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया