अपर तामाकोसी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित शुक्रबार वार्षिक साधारण सभा बस्ने भएको छ । १:१ अनुपातमा हकप्रद जारी गर्ने प्रस्तावसहित कम्पनीले वार्षिक साधारण सभा बोलाएको हो । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि १८ साउनमा बुक क्लोज गरिएको थियो ।
१७ साउनसम्म कायम रहेका सेयर धनीले सभामा भाग लिन सक्नेछन् । सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयर धनी समूहबाट एक जना महिलासहित चार जना सञ्चालनको निर्वाचन गर्ने प्रस्ताव पनि छ ।
साधारण सभामा अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा दोलखा जिल्लाका सामाजिक संस्थालगायत अन्य संस्थालाई दिइएको सहयोग रकम अनुमोदन गर्ने एजेन्डा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।