बागलुङको निसीमा टाउकोविनाको शव फेला

बागलुङको निसीखोला गाउँपालिका–४ झिवाखोलामा टाउको चुँडिएको अवस्थामा एक युवाको शव फेला परेको छ । 

झिवाखोला बजारनजिकै निसीखोलामा निसीखोला गाउँपालिका–५ कामिडेरा निवासी २४ वर्षीय तुलबहादुर विकको शव फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार नै शव फेला परे पनि शवको टाउको नभएपछि पहिचानमा समस्या भएको थियो । शवको हातमा खोपेको ट्याटुको माध्यमबाट प्रहरीले शवको पहिचान गरेको हो ।

शवको पहिचान भए पनि हालसम्म टाउको फेला नपरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । हत्या गरेर पहिचान लुकाउनका लागि टाउको काटेर शव फालेको हुन सक्ने प्रहरीको अनुमान छ ।





  • प्रकाशित मिति : भदौ २, २०७९ बिहीबार १८:८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया