प्रदेश २ मा जन्मिने हरेक ‘बेटी’लाई एक लाखको सरकारी बिमा

काठमाडौं– प्रदेश २ सरकारले प्रदेशभित्र जन्मिने हरेक छोरीको एक लाखको बिमा गरिदिने भएको छ । फागुन पहिलो सातादेखि सुरु हुने बिमा कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्नेछिन् । 

मुख्यमन्त्री लालबाबु राउतका अनुसार पहिलो चरणमा ८ वटा जिल्लाका ८ वटा पालिकाबाट बिमा कार्यक्रम सुरु हुनेछ । आउने दिनहरुमा प्रदेशभित्रका सबै पालिकामा कार्यक्रम सुरु गर्ने मुख्यमन्त्री राउत बताउँछन् । 

हरेक ‘बेटी’को २० वर्षे बिमा गर्ने र बिमाको प्रिमियम प्रदेश सरकारले तिर्ने सरकारको योजना छ । यो बिमाले भोलिका दिनमा छोरीलाई शिक्षा हासिल गर्न सहयोग पुग्ने सरकारको विश्वास छ । यसअघि, प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान सुरु गरेको थियो । 





  • प्रकाशित मिति : माघ १२, २०७५ शनिबार २१:२०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया