जापानमा एकैदिनमा दुई लाख ५५ हजार कोरोना संक्रमित

जापानमा एकैदिनमा अढाइ लाखभन्दा बढीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । बिहीबार एकै दिन दुई लाख ५५ हजार पाँच सय ३४ जनामा संक्रमण देखिएको हो । 

यो संख्या हालसम्मकै सबैभन्दा बढी हो । यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा उक्त संक्रमण पुष्टि भएको थियो ।

राजधानी रहेको टोकियो महानगरमा मात्र आज २७ हजार चार सय ५३ नयाँ संक्रमित थपिएका छन् । देशभर एकैदिनमा कोभिडका कारण दुई सय ८७ जनाको मृत्यु भएको छ । 





  • प्रकाशित मिति : भदौ २, २०७९ बिहीबार २१:२३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया