चितवनमा छुट्टाछुट्टै भएको दुर्घटनामा तीनजनाको मृत्यु

चितवनमा छुट्टाछुट्टै भएका दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

काठमाडौंबाट नारायणगढका लागि छुटेको ना ६ ख ५९१३ नम्बरको ट्रक र बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक दैलेखका २५ वर्षीय सरोज रोकाय र मोटरसाइकल पछाडि बस्ने सर्लाहीको ईश्वरपुर गाउँपालिका–१ का ३१ वर्षीय सरोज माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । त्यस्तै, पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ खगेरी पुलमा जीपको ठक्करबाट ७१ वर्षीय खड्कबहादुर रानामगरको मृत्यु भएको छ ।

ठक्कर दिने जिपको नम्बर खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

  • प्रकाशित मिति : भदौ ३, २०७९ शुक्रबार १०:९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया