सिद्धान्त निष्ठ र बौद्धिक व्यक्तित्व गुमायौँ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कांग्रेसका नेता प्रदीप गिरीको निधनमा शोक व्यक्त गरेकी छन् । गिरीको निधनले सिद्धान्त निष्ठ बौद्धिक व्यक्तित्व गुमाएको समेत राष्ट्रपति भण्डारीले जनाएकी छन् ।

‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ, उहाँको निधनबाट हामीले एक सिद्धान्त निष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ,’राष्ट्रपति भण्डारीद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘म दिवङ्गत प्रदीप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

उपचारको क्रममा गएराति प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको निधन भएको थियो । आजै उनको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ । 





  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार ७:४१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया