महोत्तरीका मिटरब्याजी साह पक्राउ

महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ परेका छन् । चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरी गरिबको उठिवास गराउने मिटरब्याजी साह शनिबार राति पक्राउ परेका हुन् । 

उनलाई महोत्तरीको भंगहा नगरपालिका–५ सिद्धपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले  जानकारी दिए ।  

उनका अनुसार सुदखोर साहविरुद्ध ठगी तथा अपराधी विश्वासघात कसुरमा कारबाही चलाइनेछ । पंगेनीले गैरकानुनीरूपमा चर्को ब्याजदरमा भंगहा गरपालिकालगायत महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्म ऋण लगानी गर्ने गरेका हुन् ।   





  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार १०:३३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया