प्रदीप गिरि वीपीको प्रजातान्त्रिक समाजवादको व्याख्या गर्नसक्ने एक मात्र नेता हुनुहुन्थ्यो : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको राम्रो व्याख्या गर्ने एक मात्र नेता प्रदीप गिरि भएको बताएका छन् । गिरिलाई श्रद्धाञ्जली दिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 

कतिपयले गिरीलाई अराजक र पार्टीको नीति विपरीत गएको भन्ने गरे पनि आफ्नो विचारप्रति दृढ नेता भएको कोइरालाको बुझाइ छ । 

‘वीपीले जुन प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवाद, त्यसको व्याख्या जसरी उहाँले गर्नुहुन्थ्यो नि । त्यो मैले नेपालमा देखेको छैन । कसैलाई देख्या छैन, प्रदीप दाइलाई कतिले अराजक भन्छन्, कतिले विचारक भन्छन् । कतिले पार्टीको विपरीत गएको भन्छन् । उहाँलाई पार्टीको लाइन चित्त बुझेको छैन भने उहाँ त्यसको विरुद्धमा उभिनसक्ने व्यक्ति पनि हो,’ कोइरालाले भने । 

गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणले गिरीले सबै नेपालीलाई बराबरी महत्व र स्थान दिनुपर्छ भन्ने मान्यता राखेको र त्यसलाई कांग्रेस र मुलुकले अंगिकार गरेको बताए । साहित्यको क्षेत्रमा पनि गिरिले योगदान दिएको उनले बताए । 

‘महत्वपूर्ण र प्रभावशाली नेता पनि हो । र, आफ्नो निर्वाचन क्षेत्रमा सबैको लोकप्रिय नेता हुनुहुन्थ्यो । नेपाल सबैको साझा नेपाल हो । सबै जातजाति, भाषाभाषी धर्म संस्कृतिलाई समान रूपमै महत्व र स्थान दिनुपर्छ भन्ने उहाँको जोड थियो । त्यसलाई कांग्रेस र मुलुकले नै अंगिकार गरेको छ,’ खाँणले भने ।

त्यस्तै, कांग्रेस नेता उदयशमशेर राणाले प्रदीप गिरि पदको पछि नलाग्ने र विचारप्रति अडिन नेताको रूपमा चित्रित गरे । गिरि अव्यवस्थित जीवनशैली बाँचेकै कारण सबैका लागि लोकप्रिय बन्न सफल भएको पनि राणाले बताए । 



प्रधानमन्त्री बन्छु भन्ने उहाँले कहिले कल्पना मै राख्नुभएन । मन्त्री बन्न पनि उहाँले कहिल्यै चाहना राख्नुभएन । उहाँको जुन किसिमको लाइफ स्टाइल थियो, रातभरि किताब पढ्नुहुन्थ्यो । सेड्युल हुँदैनथ्यो । एक किसिमको आफ्नै पाराको मान्छे,’ उनले भने, ‘उहाँ जति अव्यवस्थित मान्छे कोही पनि थिएन । उहाँको नेचर व्यवस्थित भएको भए प्रदीप गिरि, प्रदीप गिरि हुँदैनथ्यो । त्यसैले म अव्यवस्थित छु । म आफ्नै तालमा हिँड्छु । घरबाट निस्किसकेपछि अर्कै देश पुगेर फर्किन्छु, एक महिना पछि । म जस्तो मान्छेले सरकारको जिम्मेवारी लिन हुँदै भनेर हामीलाई भन्नुहुन्थ्यो ।’



  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार १३:४७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया