logo-img

यी हुन् सम्पत्ति विवरण नबुझाउने कर्णालीका ४५ स्थानीय तह

भ्रष्टाचार निवारण ऐन ०५९ तथा स्थानीय सरकार सञ्चालन ऐन ०७४ मा जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने भए पनि कर्णालीका ४५ स्थानीय तहका जनप्रतिनिधिले अझै पनि सम्पत्ति विवरण बुझाएका छैनन् । 

कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले पटक पटक सूचना प्रकाशित गरी सम्पत्ति विवरण बुझाउन ताकेता गरे पनि ४५ स्थानीय तहले सम्पत्ति विवरण नबुझाएका हुन् । ३१ साउनसम्ममा सम्पत्ति विवरण बुझाइ सक्नुपर्ने भए पनि अहिलेसम्म बुझाएका छैनन् । कर्णालीका ३४ स्थानीय तहले मात्र सम्पत्ति विवरण बुझाएका छन् ।



सम्पत्ति विवरण नबुझाउनेमा डोल्पाको ठूलीभेरी, डोल्पो बुद्ध, से-फोक्सुन्डो, जगदुल्ला, काईके, छार्काताङसोङ गाउँपालिकाका जनप्रतिनिधि रहेका छन् । यस्तै,  हुम्लाको सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका छन् । सल्यानका बागचौर, छत्रेश्वरी, दार्मा, रुकुम पश्चिमका मुसिकोट नगरपालिका, आठबिसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका छन् । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, लेकबेंसी नगरपालिका, बराहताल गाउँपालिका र सिम्ता गाउँपालिका, दैलेखको आठबीस नगरपालिका, गुराँस गाउँपालिका, डुंगेश्वर गाउँपालिका, भैरवी गाउँपालिका र ठाँटीकाँध गाउँपालिका छन् । जाजरकोटको नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, शिवालय गाउँपालिकाका जनप्रतिधिले बुझाएका छैनन् ।

कार्यालयका अनुसार कालीकोटका खाँडाचक्र नगरपालिका, पचालझरना गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, नरहरिनाथ गाउँपालिका, शुभकालिका गाउँपालिका, जुम्लाका चन्दननाथ नगरपालिका, कनकासुन्दरी गाउँपालिका, सिंजा गाउँपालिका, तिला गाउँपालिका, पातारासी गाउँपालिका, मुगुका छाँयानाथ रारा नगरपालिका, मुगुम कार्मारोंग गाउँपालिका र खत्याड गाउँपालिकाका जनप्रतिनिधिहरूले सम्पत्ति विवरण बुझाउन बाँकी छ । 





  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया