प्रिमियर लिग लिड्ससँग चेल्सीको फराकिलो हार


इंग्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा चेल्सी पराजित भएको छ । ऊ घरेलु टोली लिड्स युनाइटेडसँग ३–० ले पराजित भएको हो ।

इल्याण्ड रोड स्टेडियममा घरेलु टोलीलाई सहज जित दिलाउन ब्रेनडेन आरोनसन, रोड्रिगो मोरिनो र ज्याक ह्यारिसनले एक–एक गोल गरे।

खेलको ३३औँ मिनेटमा आरोनसनले लिड्सलाई अग्रता दिलाएका थिए । उनले चेल्सीका गोलरक्षक एडवार्ड मेन्डीको गल्तीको फाइदा उठाउँदै गोल गरे ।

३७औँ मिनेटमा रोड्रिगोले घरेलु टोलीको अग्रता दोब्बर बनाए । उनले ज्याक ह्यारिसनको कर्नर क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।

६९औँ मिनेटमा ह्यारिसनले गोल गरेपछि लिड्सले ३–० को सहज जित निकाल्यो । उनले रोड्रिगोको पासलाई सदुपयोग गरेका थिए ।

८४औँ मिनेटमा कालिदो कुलिबालीले दोहोरोे पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि चेल्सी १० खेलाडीमा सीमित बन्यो । 



जितसँगै लिड्स तीन खेलमा सात अंक जोड्दै दोस्रो स्थानमा उक्लिँदा पराजित चेल्सी सामन खेलबाट चार अंकका साथ १२औँ स्थानमा छ ।

लिग अन्तर्गतकै अर्को खेलमा ब्राइटनले वेस्टह्याम युनाइटेडलाई २–० ले हरायो ।



  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार २१:०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया