प्रिमियर लिगमा न्युकासल र सिटीको रोमाञ्चक बराबरी

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिकाे खेलमा साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । ऊ घरेलु टाेली न्युकासल युनाइटेडसँग ३–३ को बराबरीमा राेकिएकाे हाे ।

सेन्ट जेम्स पार्कमा निकै राेमाञ्चक बनेकाे खेलमा सुरुवाती अग्रता सिटीले बनाएको थियो । खेलको पाँचौं मिनेटमा इल्के गुन्डोगनले पाहुना टाेलीलाई अग्रता दिलाए ।

 २८ औं मिनेटमा मिगुएल अल्मिरोनले न्युकासललाई १–१ को बराबरीमा ल्याए । ३९ औं मिनेटमा कलुम विल्सनले गोल गर्दै घरेलु टाेलीलाई २-१ को अग्रता दिलाए । ५४ औं मिनेटमा कप्तान केइरन ट्रिपियरले फ्रिकिकबाट गोल गरेपछि न्युकासल ३-१ ले अघि बढ्याे ।

६० औं मिनेटमा इर्लिङ हालान्डले  सिटीलाई ३–२ को स्थितिमा ल्याए । ६४ औं मिनेटमा सिटीका बेर्नार्डो सिल्भाले गोल गरेपछि खेल ३–३ को बराबरीमा सकियो । याे नतिजासँगै तीन खेलमा सात अंक जोडेको सिटी दोस्रो स्थानमा रहँदा न्युकासल समान खेलबाट पाँच अंकका साथ छैटौं स्थानमा छ ।





  • प्रकाशित मिति : भदौ ६, २०७९ साेमबार ७:१४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया