स्थिर सरकारका लागि गठबन्धन अत्यावश्यक, तालमेलका लागि पाँच दलसँग कुराकानी भइरहेको छ : लोसपा नेता

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले चुनावी तालमेलका लागि गठबन्धनसँग कुराकानी भइरहेको बताएका छन् । सप्तरीको राजविराजमा सोमबार लोसपाद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै महतोले पाँचदलीय गठबन्धनका दलहरूसित चुनावी तालमेलका लागि कुराकानी भइरहेको बताए । 

राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनबाट पास भइसकेको नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपतिको नश्लीय र एकल जातीय सोचबाट ग्रसित भएको मानसिकता भएको भन्दै उनले आपत्ति जनाए । 

लोसपाका अर्का नेता शरतसिंह भण्डारीले वर्तमान चुनावी प्रणालीले कुनै एक दलले स्थिर सरकार दिनसक्ने अवस्था नरहेकाले गठबन्धन अहिले देशको आवश्यकता भइसकेको बताए । 

अघिल्लो निर्वाचनमा कम्युनिस्ट पार्टीहरूलाई नेपाली जनताले बहुमत दिए पनि स्थिर भएर सरकार चलाउन नसकेकाले लोकतान्त्रिक शक्तीहरूबीच गठबन्धन हुनुपर्नेमा उनले जोड दिए ।

यस्तै, कार्यक्रममा लोसपाका नेताहरू अनिलकुमार झा, जितेन्द्र सोनल, जयप्रकास ठाकुर, दिनेश यादव लगायतका नेताले सम्बोधन गरेका थिए ।





  • प्रकाशित मिति : भदौ ६, २०७९ साेमबार १८:५६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया