नागरिकता विधेयकविरुद्ध हेटौंडामा सडक प्रदर्शनमा निरन्तरता (तस्बिरहरु)

बागमती प्रदेशको राजधानी हेटौंडामा नागरिकता विधेयक विरुद्धको सडक प्रदर्शन आइतबार पनि जारी राखेको छ । साउन १३ गतेदेखि सुरु भएको नागरिकता विधेयक विरुद्धको प्रदर्शन २०औं दिनसम्म पनि निरन्तरता दिइएको हो । 

नेपाली जनता लेखिएको ब्यानर बोकेर हरेक दिन साँझ हेटौंडाको बुद्धचोकमा प्रदर्शन गर्दै आइरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक संसदमा फिर्ता पठाएपछि दुई दिनका लागि रोकिएको प्रदर्शन आइतबारदेखि पुनः दोस्रो चरणको शान्तिपूर्ण आन्दोलन सुरु गरेको उक्त प्रर्दशनमा सहभागी दिनेश लामाले बताए । 

उक्त विरोध कार्यक्रम नागरिकता विधेयक खारेज नभएसम्म नै निरन्तरता दिने उनीहरुको भनाइ छ ।





  • प्रकाशित मिति : भदौ ६, २०७९ साेमबार २१:५३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया