डोटीको दिपायलबाट नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई नेता पक्राउ परेका छन् । मंगलबार बिहान दिपायल बजार बन्द गराउँदै हिँडेका जिल्ला सचिवालय सदस्य मोहन कठायत र प्रकाश कठायतलाई पक्राउ गरिएको हो ।
नेकपाका डोटी जिल्ला सेक्रेटरी विमल धामीले उनीहरूलाई बिनाकारण पक्राउ गरिएको बताएका छन् । बन्दको पूर्वघोषित कार्यक्रम रहेको भन्दै उनले गिरफ्तार गरिएका दुवैको तत्काल रिहाइ गरिनुपर्ने बताए ।
सरकारसँग भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले आज देशव्यापी बन्दको घोषणा गरेको छ ।
बन्दको प्रभाव आंशिक परेको छ । ठाउँठाउँमा शंकास्पद वस्तुहरूसमेत फेला परिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।