युनाइटेडमा अनुबन्ध भएका क्यासेमिरो सार्वजनिक

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले ब्राजिलियन मिडफिल्डर क्यासेमिरोलाई सार्वजनिक गरेको छ ।

स्पेनिस क्लब रियल मड्रिडबाट क्लब भित्र्याएका क्यासेमिरोलाई युनाइटेडले सोमबार राति ओल्ड ट्राफोर्डमा सार्वजनिक गरेको हो ।

प्रिमियर लिगअन्तर्गत युनाइटेड र लिभरपुलबीचको खेलअघि उनलाई सार्वजनिक गरिएको हो । गएराति सम्पन्न खेलमा युनाइटेडले लिभरपुललाई २–१ ले हरायो ।

३० वर्षीय क्यासेमिरोले युनाइटेडसँग ४ वर्षको सम्झौता गरेका छन् । क्लबले थप एक वर्ष सम्झौता थपको लागि विकल्पसमेत दिएको छ ।  

सन् २०१३ मा ब्राजिलियन क्लब साओ पाउलोबाट रियल आएका क्यासेमिरोको सम्झौता सन् २०२५ सम्म रहे पनि उनले इंग्लिस क्लब रोजेका हुन् ।

उनले स्पेनिस क्लबका लागि ३३६ खेलमा ३१ गोल गरेका छन् । क्यासेमिरोले रियलबाट १८ उपाधि जिते जसमा पाँच च्याम्पियन्स लिग तथा  समान तीन ला लिगा, युइएफए सुपर कप, स्पेनिस सुपर कोपा र फिफा क्लब विश्वकप सामेल छन् । 





  • प्रकाशित मिति : भदौ ७, २०७९ मंगलबार ९:६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया