बुटवल– प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका प्रदेश सांसदले सुशील कोइराला क्यान्सर अस्पताल र जिपी कोइराला स्वास–प्रश्वास केन्द्रबारे सरकारले गरेको निर्णय नसच्याए प्रदेशसभा बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।
प्रदेश ५ आइतबारको प्रदेशसभा बैठकमा कांग्रेस सांसद बसिउद्धिन खाँले गिरिजाप्रसाद कोइराला र सुशील कोइराला नेपाली कांग्रेसका मात्र नभएर देशकै नेता भएकाले उनीहरुका नाममा सञ्चालित अस्पत्ताल बन्द गर्ने सरकारको निर्णय सच्याउन माग गरे ।
प्रजातान्त्रिक आन्दोलनका अग्रणि व्यक्तित्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा सञ्चालित अस्पताल बन्द गर्ने निर्णय तत्कालन सच्याए नेपाली कांग्रेस प्रदेशसभा बैठक अवरुद्ध गरेर सडकमा जान बाध्य हुने उनले चेतावनी दिए ।
यस्तै, बर्दियाका सांसद दीपेश थारुले सदनमा आफूहरुले उठाएका माग र समस्याहरुको सम्बोधनमा प्रदेश सरकार गम्भीर नदेखिएको आरोप लगाए ।