१२ वर्षको सजाय पूरा गर्न जेल गए मलेसियाका पूर्वप्रधानमन्त्री रजाक

मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई १२ वर्षको सजाय पूरा गर्न जेल पठाइएको छ । ६९ वर्षीय रजाकले भ्रष्टाचार गरेको भन्दै अदालतले उनलाई सजाय सुनाएको थियो ।

सन् २०२० को जुलाईमा उनलाई जेल सजाय सुनाइएको थियो । उनी धरौटी तिरेर जेल बाहिर नै बस्दै आएका थिए । अदालतले उनको जेल सजाय भुक्तानीमा ढिलाइ गर्ने अपिललाई पनि खारेज गरेको छ । सर्वोच्च अदालतले अपिल खारेज गरेसँगै उनी जेल गएक हुन् । 

अदालतले उनलाई ४.२ करोड रिंगिट भ्रष्टाचार गरेको ठहर गरेको थियो । उनले सो रकम वानएमडीबीबाट आफ्नो व्यक्तिगत खातामा रकमान्तर गरेका थिए । यद्यपि, उनले आफू यस प्रकरणमा निर्दोष रहेको बताउँदै आएका छन् । 





  • प्रकाशित मिति : भदौ ७, २०७९ मंगलबार २१:४९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया