ट्रम्पको रिसोर्टबाट ३ सयभन्दा बढी गोप्य सरकारी कागजात प्राप्त

अमेरिकी सरकारले अहिलेसम्म पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो रिसोर्टमा राखेका ३ सयभन्दा बढी गोप्य सरकारी कागजातहरू प्राप्त गरेको छ । कागजातहरूको पहिलो चरणमा जनवरीमा फिर्ता पाएको थियो भने अर्को सेट ट्रम्पका सहयोगीहरूले जुनमा जस्टिस डिपार्टमेन्टलाई उपलब्ध गराएका थिए ।

बाँकी कागजात एफबीआईएसले यसै महिना छापा मारेर निकालेको हो । जनवरीमा राष्ट्रिय अभिलेखहरूले पुनः प्राप्त गरेका कागजातहरूमा १५० भन्दा बढी कागजात गोप्य कागजातहरु थिए । जसका कारण एफबीआई एजेन्टहरूले यसै महिना ट्रम्पको मार ए लागो रिसोर्टमा थप कागजातका लागि छापा मार्ने अवस्था आएको थियो ।

ट्रम्पले ह्वाइट हाउस छाड्दा सरकारलाई बुझाउनुपर्ने गोप्य र अत्यधिक संवेदनशील कागजातहरू आफूसँगै रिसोर्टमा लगेर महिनौं राखेका थिए । सबै सामग्री फिर्ता गर्न अनुरोध गरे पनि उनले गरेका थिएनन् ।

ट्रम्पले ह्वाइट हाउसबाट लिएका संवेदनशील कागजातको प्रकृति कस्तो थियो भन्नेबारे प्रष्ट छैन । तर ट्रम्पले कार्यालय छोडेको झण्डै एक वर्षपछि जनवरीमा फिर्ता पठाइएका १५ बाकस कागजातमा सीआईए, राष्ट्रिय सुरक्षा निकाय र एफबीआईका कागजातहरू समावेश थिए।

बाकसमा भएका केही सामग्री अत्यधिक संवेदनशील भएकाले अभिलेख अधिकारीहरूले यो विषयलाई डिपार्टमेन्ट अफ जस्टिसमा पठाएका थिए । जसले केही महिनामा नै ठूलो जूरी अनुसन्धान बोलाएको थियो।

ट्रम्पका सहयोगीहरूले जूनको सुरुमा डिपार्टमेन्ट अफ जस्टिसका अधिकारीहरूले मार ए लागोको भ्रमण गर्दा केही दर्जन थप संवेदनशील कागजातहरू बुझाएका थिए । एफबीआईएका अधिकारीहरूले यसै महिना छापा मार्दा २६ वटा बाकसहरू भेटाएका थिए । जसमा गोप्य चिन्ह लगाइएको सामग्रीहरु ११ सेट थिए । जसमा एक सेट कागजात अति गोप्य र संवेदनशील थिए ।



डिपार्टमेन्ट अफ जस्टिसको अनुसन्धान जारी रहेको छ । किनभने ट्रम्पले ह्वाइट हाउसबाट आफूसँग लिएका सबै रेकर्डहरू बरामद भए नभएको अझै स्पष्ट छैन ।



  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार ८:५९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया