दुई बुहारी मिलेर सासूमाथि निर्घात कुटपिट

सामाजिक सञ्जालमा अछामको एउटा भिडियो भाइरल छ। यो भिडियो जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडानम्बर ६ स्थित तोलीको एक परिवारमा घटेको घटनाको हो। 

अछामकै पञ्चदेवल घर भई हाल भारतमा रहेका तर्क न्यौपानेले सो भिडियो पहिलोपटक फेसबुक र युट्युबमा सार्वजनिक गरेका थिए। भिडियोमा २ महिलाले एक वृद्धा महिलामाथि कुटपिट गरेर यातना दिएको देखिन्छ। 

भिडियो सार्वजनिक गर्ने तर्क न्यौपानेका अनुसार ती वृद्धा बोल्न सक्दिनन्। उनी मानसिक रुपमा अस्वस्थ छन्। त्यसमाथि झन् उनीमाथि भएको यस्तो ‘अमानवीय’ हर्कतले उनी मर्नु न बाँच्नु बनेकी छन्। वृद्धाका अपांग श्रीमान् चन्द्रप्रसाद न्यौपाने रोजगारीको सिलसिलामा भारतमै छन्।

ती वृद्धाकै दुई बुहारीहरुले उनीमाथि निर्घात कुटपिट गरेका हुन्। पारिवारिक झगडा र मनमुटावका कारण यस्तो घटना घटेको पारिवारिक स्रोतले बताएको छ। 

कुटपिटका क्रममा कुटाइ खाने महिलाकै छोरा लक्ष्मण न्यौपानेले भिडियो खिचेको बताइएको छ। भिडियोमा कुटपिट गर्दा गालीगलौज पनि गरेको सुनिएको छ। 

यता जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी नारायण डाँगीले पीडकहरुलाई नियन्त्रणमा लिनका लागि प्रहरी पठाएको जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार १७:३६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया