निहारिकाको बच्चा र शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न उच्च अदालतको आदेश

उच्च अदालत जनकपुरले निहारिका सिंह राजपुत (सोनाली)को मुद्दामा डिएनए परीक्षणको लागि आदेश दिएको छ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले डिएनए परीक्षण गर्न आदेश दिएको हो।

उच्च अदालत जनकपुरले निहारिकाको बच्चा र शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको हो। 

निहारिकाको तर्फबाट उच्च सरकारी वकिल कार्यालय जनकपुरका न्यायाधिवक्ता यदुनाथ शर्मा, मीरा ढुंगाना, निशा रेग्मी, शान्ति काफले र रिंकु कुमारी यादवले बहस गरेका थिए । 

प्रतिवादी शिवराज श्रेष्ठको तर्फबाट वरिष्ठ अधिवक्ता श्यामकुमार मिश्रले बहस गरेका थिए।





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार १९:०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया