नेसपाले प्रत्यक्षतर्फ ६ स्थानमा दाबी गर्ने

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले सत्तारुढ गठबन्धनभित्र प्रत्यक्षतर्फ ६ स्थानमा दाबी गर्ने भएको छ । जसअनुसार अध्यक्ष बाबुराम भट्टराई गोरखा–२ र मानुषी यमी भट्टराईका लागि काठमाडौं–७ मा दाबी छ । 

त्यसैगरी, अर्का अध्यक्ष महिन्द्र राय यादवका लागि सर्लाही–२ मा दाबी गरेका छन् । नेसपाले नवलपारसी–२ बाट गोविन्द चौधरी, सहअध्यक्ष गंगानारायण श्रेष्ठका लागि सिन्धुली र विश्वद्वीप पाण्डेका लागि रुपन्देही जिल्लाबाट उम्मेदवारी दाबी गर्ने तयारी छ ।

हाल संसदमा नेसपाका २ जना सांसद रहेका छन् । ०७४ सालमा भट्टराई नयाँ शक्ति पार्टीबाट गोरखा २ बाट निर्वाचित भएका थिए भने महिन्द्र राय यादव तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)को उम्मेदवारको रुपमा सर्लाही क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

भट्टराईले नेपाली कांग्रेसको सहयोगमा नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए । 





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार २१:२१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया