थाइल्याण्डका प्रधानमन्त्री निलम्बित

थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ ओ चान निलम्बित भएका छन् । थाइल्याण्डको उच्च अदालतले उनलाई बुधबार निलम्बन गरेको हो ।   

विपक्षी पार्टीले उनीविरुद्धमा सोमबार दिएको मुद्दाका आधारमा अदालतले बुधबार चानलाई निलम्बन गरेको हो । उनको कार्यकाललाई लिएर विपक्षीले उजुरी गरेका थिए । 

उनीविरुद्ध परेको मुद्दाको सुनुवाइ गर्न ९ जनाको इजलास गठन गरिएको थियो । इजलासका पाँच जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए । चान सन् २०१४ मा सैन्य कुपछि  प्रधानमन्त्री भएका थिए । उनले निरंकुशता लादेको विपक्षीले आरोप लगाएका छन् ।  

विपक्षीहरूले उनको कार्यकाल सन् २०१४ देखि गणना गर्नुपर्ने र  सत्तारुढ दलले सन् २०१९ मा भएको आमनिर्वाचनपछि मात्रै गणना गरिनुपर्ने विवादबीच यो विषय अदालतसम्म पुगेको थियो ।   





  • प्रकाशित मिति : भदौ ९, २०७९ बिहीबार ७:१९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया