युक्रेनले मनायो ३१ औँ स्वतन्त्रता दिवस

रुसी हमलाबीच युक्रेनले आफ्नो ३१ औँ स्वतन्त्रता दिवस मनाएको छ । सन् १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएको सम्झनामा २४ अगस्टलाई युक्रेनले हरेक वर्ष स्वतन्त्रता दिवसका रूपमा मनाउने गरेको छ । 

स्वतन्त्र दिवसकै दिन रुसी सेनाले युक्रेनको एउटा यात्रुबाहक रेलमा मिसाइल हमला गरेको छ । नीपर नदीबाट करिब ६० माइल पूर्वमा रहेको चापलिन सहरमा रहेको यात्रुवाहक रेलमा रुसी रकेट प्रहार हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

स्वतन्त्रता दिवस मनाउँदै गर्दा रुसबाट थप आक्रमण हुनसक्ने भन्दै राष्ट्रपति जेलेन्स्कीले सर्वसाधारण नागरिकहरूलाई घरबाहिर निस्कन र जमघट गर्न प्रतिबन्ध लगाएका थिए । मस्कोले किभमाथि हमला गरेको पनि ६ महिना पूरा भएको छ । 





  • प्रकाशित मिति : भदौ ९, २०७९ बिहीबार ७:५९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया