स्विट्जरल्यान्डका हिमनदीमा सन् १९३० को प्रारम्भदेखि आधा मात्रा हिउँ घटेको एक नयाँ अध्ययनले देखाएको छ । जलवायु परिवर्तनबारे बढ्दो चासोबीच हिउँ संरचनाको गिरावट आएको फक्स न्युजले आफ्नो एक रिपोर्टमा जनाएको छ ।
सन् २००० देखि वैज्ञानिकहरू हिमाली भेग र अन्य क्षेत्रमा तीव्र ढङ्गले पग्लिएका हिमनदीबारे नजिकबाट अवलोकन गरिरहेका छन् । उनीहरूका अनुसार जलवायु परिवर्तनले यस्तो हिमनदी पग्लिएको हो ।
पछिल्लो अध्ययन गर्ने अन्वेषकहरूले २०औँ शताब्दीमा टोपोग्राफिकल परिवर्तनहरू को विश्लेषणको आधारमा स्विट्जरल्यान्डमा हिउँको क्षतिको पहिलो पटक पुनर्निर्माण गरे ।
सन् १९३० देखि २०१६ सम्म अध्ययन गरेको ८६ वर्षको अवधिमा हिमनदीहरूमा बरफको मात्रा आधाले घटेको उनीहरूले बताए । छ वर्षमा मात्रै हिमनदीहरूले आफ्नो द्रव्यमानको १२ प्रतिशतले घटेको वैज्ञानिकहरूको भनाइ छ । उक्त अध्ययन साइन्टिफिक जर्नल क्राइसोफेयरमा प्रकाशित छ । ‘हिउँ नदीको गिरावट तीव्र ढङ्गले भएको छ’, अध्ययनमा भनिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।