प्रतिनिधिसभा निर्वाचन : काठमाडौं-५ बाट एकीकृत समाजवादीका पराजुली र पोखरेल सिफारिस

एकीकृत समाजवादीबाट प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट सुदेश पराजुली र रामप्रसाद पोखरेलको नाम सिफारिस भएको छ । एकीकृत समाजवादीको काठमाडौं क्षेत्र नम्बर ५ कमिटीको बुधबार बसेको बैठकले पराजुली र पोखरेलको नाम सिफारिस गरेको हो ।  

पराजुली एकीकृत समाजवादीको जनवर्गीय संगठन अनेरास्ववियूको अध्यक्ष र पोखरेल कानुन व्यवसायी हुन् । अब यो सिफारिस जिल्ला, प्रदेश हुँदै केन्द्रमा पुगेपछि अन्तिम निर्णय हुनेछ ।  

यदि सत्ता गठबन्धनको भागबण्डामा काठमाडौं क्षेत्र नम्बर ५ एकीकृत समाजवादीले पाएमा पराजुली र पोखरेलमध्ये एकजना उम्मेदवार बन्ने छन् ।   





  • प्रकाशित मिति : भदौ ९, २०७९ बिहीबार १०:१८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया