आफूमाथि हातपात गर्ने लामाविरुद्धको जाहेरी वडाध्यक्ष सिग्देलले लिए फिर्ता

हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलले आफूलाई कार्यकक्षमै कुटपिट गर्ने व्यक्तिलाई माफी दिँदै जाहेरी स्थगित गर्न प्रहरीलाई अनुरोध गरेका छन् । बिहीबार वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि हातपात गर्ने व्यक्तिलाई पार्टीको इज्जतको लागि भए पनि माफी दिने बताउँदै प्रहरीमा मौखिक रूपमा स्थगित गर्न भनिएको बताएका हुन् । 

उनले बुधबार नै मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेव गौतमलाई जाहेरी स्थगित गर्न आफूले अनुरोध गरिसकेको बताए । कारबाही नै सबै थोक नभएको भन्दै गलत कार्य गर्नेलाई सच्चिन मौका दिएको उनको भनाइ छ । तर जाहेरी स्थगित गर्दैमा आफू कमजोर भएको कारण जाहेरी फिर्ता लिएको नभएको उनले बताए । 

एमाले मकवानपुरका सचिवसमेत रहेका सिग्देललाई एमालेकै सदस्य सानु लामा दोङले कार्यकक्षमै कुटपिट गरेका थिए । सिग्देलले मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लामाविरुद्ध उजुरी दिएका थिए । ४ नम्बर वडाभित्र रहेको भुटनदेवी स्कुलको सटरको टेन्डर विषयमा विवाद हुँदा उनीमाथि कुटपिट भएको थियो । 

उनले सटरको टेण्डरमा आफ्नो कुनै संलग्नता नरहेको र सटरको विषयमा समाचार लेखाएको विषयमा आफूमाथि आरोप लगाएकाले विवाद उत्पन्न भएको बताए । वडा कार्यालयले सटरको टेन्डर तत्काल स्थगित गर्न भुटनदेवी उच्च माविलाई पत्र काटेको उनले जानकारी दिए । 





  • प्रकाशित मिति : भदौ ९, २०७९ बिहीबार १३:४३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया