सैनिक अधिकारीसँग राष्ट्रपतिको भेटले शंका जन्मायो : माधव नेपाल
फाइल तस्वीर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीसँग भेट गर्नुले शंका जन्माएको बताएका छन् ।

बिहीबार पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका अधिकारीलाई निवासमा बोलाएर डिनर गराउनुले शंका जन्माएको बताएका हुन् । उनले कुनै अनिष्ट हुने हो कि भन्ने प्रश्न उठेको बताए । 

अध्यक्ष नेपालले राष्ट्रपति र नेपाली सेनाका अधिकारीको बीचमा भएको भेटवार्ताको सम्बन्धमा गठबन्धनमा छलफल भएको पनि बताए । उनले नेपाली राजनीतिमा प्रतिगामी र राजतन्त्रवादी लगायतका शक्तिहरूको क्रियाशीलताको सम्बन्धमा पनि आफूको नजर पुगिरहेको बताए । 

अध्यक्ष नेपालले गत स्थानीय तहको निर्वाचनमा आएको नतिजाप्रति गौरवबोध गर्नुपर्ने बताए । उनले २७ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाखभन्दा बढी भोट पाएको उल्लेख गर्दै सबै ठाउँमा उम्मेदवार उठाएको भए २० लाख भोट पाउने दाबी गरे । 

उनले २० लाख भोट पाए पार्टीको २० सिटलाई कसैले रोक्न नसक्ने बताए । उनले आगामी निर्वाचनमा समानुपातिक मतले पार्टीको हैसियत देखाउने भएकाले पार्टीको चुनाव चिन्ह प्रचार प्रसारमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । 

अध्यक्ष नेपालले सबै पालिकामा पार्टीको संगठन निर्माण गर्न र संगठनलाई चलायमान बनाउन निर्देशन दिए । त्यस्तै, पार्टी संगठन र सदस्यको अभिलेखीकरण गर्नुपर्नेमा उनले जोड दिए । उनले चुनावी अभियानमा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिए ।





  • प्रकाशित मिति : भदौ ९, २०७९ बिहीबार १६:५८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया