राष्ट्रपतिको पछिल्लो गतिविधि शंकास्पद : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो गतिविधिबारे गठबन्धन बैठकमा छलफल भएको बताएका छन् । 

समाजवादी पार्टी पुनर्गठन दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले राष्ट्रपति भण्डारीको पछिल्लो गतिविधिले ले आशंका पैदा भएको बताए। उनको गतिविधिले कतै अनिष्ट त हुन लागेको होइन भन्ने प्रश्न उठेको बताएका हुन्।

अहिले दरबारवाला, राजावादी शक्ति कति क्रियाशील छन् भन्नेमा हेरिरहेको जिकिर गर्दै उनले राष्ट्रपतिले पूर्वआर्मी चिफ बोलाएर भोज दिने कामले शंका जन्माएको बताए । 

गठबन्धन बैठकमा यसअघिको स्थानीय चुनावमा आफ्नो पार्टीको मतलाई अवमूल्यन गर्न खोजिएको र आफूहरूको ध्यानाकर्षण गराएको अध्यक्ष नेपालले जानकारी दिए।

स्थानीय निर्वाचनमा २७ प्रतिशत सिटमा उम्मेदवारी दिँदा ९ लाख २७ हजार भोट पाएको भन्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा १५ देखि २० लाख मत पाए १५–२० वटा सिटलाई कसैले रोक्न नसक्ने दाबी गरे। 

आगामी निर्वाचनमा गठबन्धनको मात्रै भर नपर्न र आफ्नो तयारीलाई पनि तीव्र पार्न उनले नेता–कार्यकर्तालाई निर्देशन दिए।



कम्युनिष्टभित्र अझै पनि व्यक्तिवादी प्रवृत्ति देखिएकाले सबै सजग हुनुपर्ने भन्दै उनले यसअघि पार्टीभित्रको गुटबन्दी र व्यक्तिवाद हाबी भएका कारण नै आफूहरूले विद्रोह गर्नुपरेको बताए। 



  • प्रकाशित मिति : भदौ ९, २०७९ बिहीबार १७:४६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया