एजेन्सी– एक दशकभन्दा बढी जम्मु र त्यसको आसपास बसेका रोहिंग्या समुदाय अचानक जम्मु छोडेर बंगलादेश फर्किन थालेका छन् ।
पछिल्लो केही समयदेखि लगभग तीन दर्जनभन्दा परिवार जम्मुको नरवाल बाला परिसरबाट निस्किएर बंगलादेश र हैदरावाद बसाइसरेका छन् । जम्मु छोडेर जाने रोहिंग्याहरुको संख्या धेरै छ । लामो समय जम्मु बस्दा समस्यामा पर्न सकिने डरका कारण उनीहरु बंगलादेश फर्किएको रोहिंग्याले बताएका छन् ।
२०१८ को सुरुवातमा रियासती सरकारको गृह विभागको रिपोर्टअनुसार जम्मुकाश्मिरका पाँच जिल्लाका ३९ वटा स्थानबाट ६५२३ रोहिंग्या बसाइसरेका छन् । सियासी पार्टियाले यो तथ्यांक अझै पूर्ण नभएको बताउँछ ।
रोहिंग्याहरु जम्मुबाट हट्ने सिलसिला फेबु्रअरीबाट सुरु भएको हो ।
स्थानीय राजनीतिक दल जम्मुकाश्मिर नेशनल प्यान्थर्स पार्टीले जम्मु शहरमा रोहिंग्याविरुद्ध गतिविधि अगाडि बढाएको थियो । जम्मुका ठाउँ ठाउँमा ‘जम्मु छोडो’ पोस्टर टाँसेर उनीहरुमा डरको माहोल सिर्जना गरेको छ ।
रोहिंग्यालाई क्षती पुग्ने अन्य क्रियाकलाप भएको भने पाइएको छैन् तर पनि उनीहरु अचानक जम्मु छोडेर बंगलादेश प्रवेश गर्न खोजिरहेका छन् ।
भारत सरकारले नोभेम्बरबाट तथ्यांक संकलन सुरु गरेपछि रोहिंग्याको फिंगर प्रिन्ट लिन थाल्यो त्यसपछि आफूहरु डराएको नरवान बाला क्षेत्रको रोहिंग्या बस्तीमा रहेका मौलवी रफिक बताउँछन् । भारत सरकारले यो भन्दा अगाडि रोहिंग्या परिवारको तथ्यांक जुटाएर उनीहरुलाई म्यान्मार पठाउने कानुनी प्रक्रिया सुरु गर्ने बताएको थियो ।
जम्मुका प्रहरी प्रमुख तेजिन्दर सिंहले रोहिंग्या परिवारको तथ्यांक लिने काम प्रहरीको जासुसी विभागले गरिरहेका कारण अरु आधिकारिक जानकारी दिन नसकिने बताए ।
मौलवी रफिक भन्छन् ‘भारत सरकारले जबरजस्ती हामीलाई म्यान्मार पठाउन लागेकाले हामी डराएका छौं, त्यहाँ हाम्रो ज्यानको खतरा छ । विस्तारै विस्तारै हामी यो ठाउँ छोडेर बंगलादेश प्रवेश गर्छौं ।’
रोहिंग्याहरुको बस्तीमा पसेर हिन्दुवादी संगठनले रोहिंग्यालाई यहाँबाट बाहिर निकाल्नु पर्ने भन्दै ‘रोहिंग्या गो ब्याक’ का नारा लगाउने गरेको रफिक बताउँछन् ।
विश्व हिन्दु परिषदका प्रमुख राकेश बजरंगी बताउँछन् ‘रोहिंग्यालाई यहाँबाट ननिकाले हामी थप आन्दोलन गर्नेछौं । रियासतका गर्भनर सत्यपाल मालिकसँग रियासतको निर्वाचनभन्दा अगाडि रोहिंग्यालाई जम्मुबाट निकाल्न अनुरोध गरेका छौं ।’
बंगलादेशको सीमामा बोर्डर गार्डस बंगलादेशका जवानहरुले बंगलादेश प्रवेश गर्न खोजेका रोहिंग्यालाई सीमाबाट प्रवेशमा रोके लगाएका छन् । अवैधानिक तरिकाले बंगलादेश प्रवेश गर्न लागेको आरोपमा रोहिंग्याका ६ पुरुष, ९ महिला र १६ बच्चालाई बंगलादेशको सीमा सुरक्षा बलले गिरफ्तार गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।