logo-img

एनआईसी एशिया बैंक बझाङमा कार्यरत एक कर्मचारी मृत फेला, मृतकका आफन्तद्वारा बैंक तोडफोड

एनआईसी एशिया बैंक बझाङमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् । मृत फेला पर्नेमा जयपृथ्वी नगरपालिका –११ पिठालेक घर भएका वर्ष ५२ का रोहित थापा रहेका छन् । उनी सोही बैंकमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए ।

मृतक थापाका आफन्त रतन थापाका अनुसार उनी भदौ ३ गतेदेखि कसैको सम्पर्कमा थिएनन् । तर, बुधबार जिल्लाको केदारस्युँ गाउँपालिका १ को चौडाम बगरनजिकै सेती नदीमा उनी मृत अवस्थामा फेला परेका थिए । 

थापा करिब ३ वर्षदेखि एनआईसी एसिया बैंकमा सुरक्षा गार्डको रुपमा कार्यरत रहेको आफन्तले जानकारी दिएका छन् । भदौ ३ गते साँझ ६ बजेपछि अफिसबाट बिदा भएपछि उनी सम्पर्कविहीन भएको बुझिएको छ ।
 
बिहीबार मृतक थापाका आफन्तले बैंकविरुद्ध नारा लगाउँदै बेपत्ता भएको एक हप्तासम्म पनि आफूहरुलाई जानकारी नदिएको र खोजतलासी नगरेको भन्दै बैंकमा ढंगामुढा गरेका छन् । 

बुधबार दिउँसोदेखि बैंकको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको छ । बैंक असुरक्षित भएको भन्दै केही दिन प्रहरीको सुरक्षा रहने डिएसपी जागेश्वर भण्डारीले बताए । 

अहिले शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत राखिएको र घटनाको थप अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताए। मृतक थापाका आफन्तले भने दोषी पत्ता लगाएर कारबाही नहुन्जेल शव नबुझ्ने बताएका छन् ।





  • प्रकाशित मिति : भदौ ९, २०७९ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया