बेन्जेमालाई यूइएफए प्लेयर अफ दि इयर अवार्ड

स्पेनिस क्लब रियल मड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जेमाले यूइएफए `प्लेयर अफ दि इयर´अवार्ड जितेका छन् ।

युरोपियन फुटबलको सर्वोच्च निकाय यूइएफले बिहीबार गत वर्ष च्याम्पियन्स लिगमा तथा ला लिगामा उत्कृष्ट प्रदर्शन गरेका कारण बेन्जेमालाई याे अवार्ड प्रदान गरेकाे हाे ।
उनले म्यानचेस्टर सिटीका केभिन डी ब्रुएना र रियलकै थिवाउट कोर्टुवालाई पछि पार्दै अवार्ड जितेका हुन् । महिला `प्लेयर अफ दि इयर´ अवार्ड बार्सिलोनाकी स्पेनिस मिडफिल्डर एलेक्सिया पुटेलासले हात पारिन् ।

पुरुष`कोच अफ दि इयर´अवार्ड रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले जिते । महिला `कोच अफ दि इयर´अवार्ड इंग्लिस टाेलीकी मुख्य प्रशिक्षक सेरिना विग्मानले हात पारिन् ।

इटालीका पूर्वखेलाडी तथा प्रशिक्षक एरिगो साच्चीले `यूइएफए प्रेसिडेन्ट´ अवार्ड प्राप्त गरे ।





  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार ७:२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया