२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

पूर्वमुख्यमन्त्री डोरमणिको घोषणा– अबमा चुनाव नलड्ने

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले अब कुनै चुनाव नलड्ने घोषणा गरेका छन् । उनले सामाजिक सन्जाल फेसबुकमा लेख्दै यस्तो घोषणा गरेका हुन् ।


उनले आगामि ४ मंसिरमा हुने निर्वाचनमा पनि आफू उम्मेदवार नहुने बताएका छन् । उनी मकवानपुर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुनसक्ने अनुमान गरिएको थियो ।



तर, उनले सामाजिक सन्जालमा लेखेर आफू उम्मेदवार नबन्ने स्पष्ट पारेका छन् । उनले नयाँ अनुहार खोजिएको अहिलेको यथार्थलाई नजरअन्दाज गर्न नमिल्ने बताएका छन् ।

उनले अहिले देशले परिवर्तन खोजेको र त्यसका कारण आफू उम्मेदवार नबन्ने बताए पनि पार्टी नेकपा एमालेलाई अहिले चौतर्फी घेराबन्दी गरि नामेट बनाउने प्रयासमा देशी तथा विदेशी शक्तिहरु एकजुट भएर लागिपरेको बताएका छन् ।



 यसअघि पौडेले मकवानपुरको क्षेत्र नंबर १ को ‘क’ बाट वागमती प्रदेशसभा सदस्यमा विजयी भएका थिए । उनले २०७४ साल माघ २९ गते वागमती प्रदेशको मुख्यमन्त्रीको सपथग्रहण गरेका थिए ।



  • प्रकाशित मिति : १० भदौ, २०७९ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया