सल्यानको वनगाड नगरपालिकाका विद्यालयमा एक साता शैक्षिक गतिविधि ठप्प हुने

सल्यानको वनगाड नगरपालिकास्थित सामुदायिक विद्यालयहरुमा आगामी साताभर शैक्षिक क्रियाकलाप बन्द हुने भएका छन् ।

आर्थिक वर्ष २०७९/०८० मा सरकारी कर्मचारीहरुको तलबमा १५ प्रतिशतले वृद्वि भएको, तर विद्यालयका कर्मचारीको हकमा भन तलब वृद्वि भएकोलगायत पेसागत माग सहित नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलित भएका हुन् ।

नेपाल विद्यालय कर्मचारी परिषद्को राष्ट्रिय समितिको निर्णय अनुसार पालिकाका विद्यालयमा समेत पठनपाठन बन्द गरिने नेपाल विद्यालय कर्मचारी परिषद्, वनगाड नगरसमितिका अध्यक्ष वीरबहादुर पुनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिए ।

नेपालका सामुदायिक विद्यालयहरुमा कार्यरत विद्यालय कर्मचारीहरु अति न्यून पारिश्रमिकमा काम गर्दै आइरहेको र नेपाल सरकारले समेत आफू समान तहमा कार्यरत अन्य कर्मचारीसरह समयानुकूल तलबको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।





  • प्रकाशित मिति : भदौ ११, २०७९ शनिबार १८:५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया