मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान खोलिने

काठमाडौं– नेपाल सरकारले विज्ञान तथा प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्न मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापनासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । 

वैज्ञानिक अनुसन्धान तथा प्रविधिको विकास गरी आधुनिक नेपालको निर्माण कार्य अघि बढाउन चालू आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेखित सो प्रतिष्ठान स्थापनाका लागि कानुनको मस्यौदा तयार गरिएको हो । जननेता भण्डारीको नाममा स्थापना हुने यो प्रतिष्ठान विश्वविद्यालयस्तरको हुनेछ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालका अनुसार कानुन र अर्थ मन्त्रालयको परामर्शपछि विधेयक मन्त्रिपरिषद्मा पेस हुनेछ । हाल केन्द्रीय र क्षेत्रीय गरी विभिन्न १४ विश्वविद्यालय तथा अध्ययन प्रतिष्ठान छन् । मन्त्रालयले विदुषी योगमाया आयुर्वेदिक विश्वविद्यालय स्थापनाका लागि पनि कानुनको मस्यौदा तयार गरेको छ । 

तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको सवारी दुर्घटनामा परी निधन भएको थियो ।  





  • प्रकाशित मिति : माघ १४, २०७५ साेमबार १३:२७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया